Kath khabar
बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्तहरू १५ वर्षपछि पक्राउ


                         काठमाडौं, माघ ५ । बोक्सीको आरोप लगाई कुटपिट पश्चात हत्या गरी फरार रहेका २ जना अभियुक्त वारदात घटना पश्चात १५ वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रे रोशि गाउँपालिका–३ ठेगाना भएका ४४ वर्षीय टंक बहादुर मगर र सोही ठाउँ बस्ने ४२ वर्षीय सन्त बहादुर मगर रहेका छन् ।

काभ्रे रोशि गाउँपालिका–३ स्थित चमार सिंह मगर भन्ने जनक बहादुर मगरलाई भतिज नाता पर्ने टंक बहादुर मगर र सन्त बहादुर मगरले २०६५ असोज २९ गते बोक्सीको आरोप लगाई कुटपिट पश्चात हत्या गरी फरार भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पुस २४ गते पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update