Kath khabar
ड्युटीमा रहेकी महिला प्रहरीको श्रीमानले गरे गोली हानी हत्या

 

                     दाङ, फागुन ३ । दाङमा एक महिला प्रहरीको गोली हानी हत्या गरिएको छ ।

घोराहीको दामोदर चोकमा बिहीबार साँझ ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनकै श्रीमान् यमबहादुर झाँक्रीले गोली हानी हत्या गरेका हुन् ।

हत्या गर्ने श्रीमान नेपाल प्रहरीको नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत श्रीमान यमबहादुर झाक्री रहेको दाङका प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई उनका श्रीमानले साढे ८ बजेतिर तीन राउण्ड गोली प्रहार गरेर हत्या गरेको बताइएको छ । हत्यापछि फरार रहेका झाक्रीलाई प्रहरीले देउखुरीको अर्जुनखोलाबाट नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update