Kath khabar
गल्तिले पनि नकिन्नुहोस् दक्षिणमुखी घर, वास्तुमा अशुभ मानिन्छ

                          

                      काठमाडौं, फागुन १५ । वास्तुशास्त्रमा दिशासम्बन्धी धेरै महत्त्वपूर्ण कुराहरू उल्लेख गरिएको छ । जस्तै घरको मुख्य प्रवेशद्वारको लागि शुभ दिशा तोकिएको हुन्छ ।

वास्तुशास्त्र अनुसार घरको मुख्य प्रवेशद्वारको लागि एक विशेष दिशाको उल्लेख गरिएको छ । तर यसको विपरित यदि घरको मुख्य ढोकाको दिशा दक्षिण दिशामा छ भने यसले नकारात्मक परिणाम ल्याउन सक्छ । वास्तुशास्त्रमा घरको मुख्य प्रवेशद्वार दक्षिण दिशामा हुनु शुभ मानिएको छैन । केही वास्तु उपायहरूद्वारा यीबाट बच्ने प्रयास गर्न सकिन्छ ।

दक्षिणमुखी ढोका किन अशुभ मानिन्छ ?
वास्तुशास्त्रमा दक्षिणमुखी ढोकालाई अशुभ मानिन्छ । यस्ता घरहरूमा कम घाम लाग्ने हुँदा नकारात्मक ऊर्जा कायम रहन्छ । यस्तो अवस्थामा घरका सदस्यहरू बीच आर्थिक तथा व्यक्तिगत समस्या आउन थाल्छ । दक्षिण दिशा यमको प्रतीक हो । यसबाहेक यसलाई पितृको दिशा पनि मानिन्छ । यही कारणले गर्दा यस दिशामा घर बनाउन निषेध गरिएको छ।

घर दक्षिणमुखी भए पनि वास्तुशास्त्रमा केही उपायहरू बताइएका छन् जसको कारणले नकारात्मक परिणामबाट बच्न सकिन्छ -

  • दक्षिणमुखी घरको मुख्य प्रवेशद्वारमा यस्ता बिरुवा रोप्नुहोस् जसले सकारात्मक उर्जालाई आफूतर्फ आकर्षित गरी घरमा प्रवेश गर्छ ।
  • घरको अगाडि बगैचा बनाउनुहोस् । जसमा ठूला-ठूला रुखहरू हुनेछन्, जसबाट सकारात्मक ऊर्जा टकराएर घरभित्र पस्छ।
  • यस्ता घरको पर्खाल उत्तरी पर्खालभन्दा अग्लो बनाउनुपर्छ ।
  • यस्ता घरको बाहिरी पर्खाललाई सुन्तला वा रातो रंगले सजाउनुहोस् । यी उपायले वास्तु दोषबाट छुटकारा पाउन सकिन्छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update