Kath khabar
रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार, ३ भारतीय नागरिक पक्राउ

 

                  रौतहट, चैत २ । रौतहटस्थित मनि ट्रान्फसरका सञ्चालकमाथि गोली प्रहार गरी लुटपाट गरिएको छ ।  रौतहटमा पैसा ट्रान्सफर अपरेटर २६ वर्षीय नितेशकुमार साहमाथि शुक्रबार गोली प्रहार भएको छ ।

रौतहटको पोरहा नगरपालिका–९ मा रहेको शिव मनि ट्रान्सफरमा प्रवेश गरेर लुटेराले गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको हो । गोली लागेर शिव मनी ट्रान्सफरका सञ्चालक साह गम्भिर घाइते भएका छन् । उनलाई उपचारका लागि वीरगन्ज लगिएको छ ।

गोली प्रहारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गोली हानी मोटरसाईकलमा भाग्दै गरेको अवस्थामा उनीहरुलाई बिओपी रामपुरखापबाट घिउरा नाकामा खटिएको सुरक्षा फौजले सीमा ईलाकाबाट नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा मनिषकुमार यादव, राजा कुमार पासवान र चन्द्रवन सिंह रहेका छन् ।  तीनैजना भारतीय नागरिक हुन्, उनीहरुको साथबाट हतियार समेत बरामद भएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update