Kath khabar
चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति कपनबाट पक्राउ


             काठमाडौं, चैत ६ । चेक रिपब्लिक पठाइदिन्छु भन्दै २९ लाख रूपैयाँ ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–५ बस्ने २७ वर्षीय संजिभ तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    

तामाङले ११ जनालाई वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कपनबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update