Kath khabar
पार्किङ गरि राखेको स्कुटरबाट नगद चोरी


                        काठमाडौं, चैत २३ । काठमाडौं महानगरपालिका–२४ मखन गल्लीमा पार्किङ गरि राखेको स्कुटरबाट नगद २ लाख ४० हजार रूपैयाँ बिहीबार बेलुकी चोरी भएको छ ।

दोलखा शैलुङगेश्वरी गाउँपालिका–४ घर भएका ३३ वर्षीय जित बहादुर खवासले प्रदेश ३–०२–००४–प २८३८ नम्बरको स्कुटर पार्किङ गरी चिया खान गएको अवस्थामा स्कुटरको अगाडि राखेको झोलाबाट उक्त नगद चोरी भएको बताइएको छ । प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update