Kath khabar
भ्रष्टाचार अभियोगमा मुद्दा दायर

काठमाडौँ, वैशाख १४। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी एकडारा गाउँपालिका-१ मा सडक ढलानका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्षसहित छजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगले गाउँपालिका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्रकुमार मण्डल र असिस्टेन्ट सबइन्जिनियर सञ्जयकुमार मण्डल र जानकी कन्स्ट्रक्सन मनरा महोत्तरीका सञ्चालक राकेशकुमार रायविरुद्ध रु आठ लाख ६५ हजार एक सय ४५ बराबरको बिगो माग दाबी गर्दै आज मुद्दा दायर गरिएको जनाएको छ ।

    गुणस्तरहीन काम गरेको र त्यसलाई सदर गरी राज्यको स्रोतको दुरुपयोग गरेको पाइएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update