Kath khabar
भक्तपुरमा एक किशोरीलाई करणी गरेको अभियोगमा ६१ वर्षीय व्यक्ति पक्राउ


                       भक्तपुर, वैशाख १७ । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

फाजुले ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update