Kath khabar
करिब ५० किलो गाँजा बरामद

धनुषा, वैशाख  २०  | मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ बैरियास्थित एक गोठ पछाडिबाट अवैध लागूऔषध गाँजा करिब ५० किलो बुधबार राति प्रहरीले बरामद गरेको छ ।


विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय फुलगामाबाट खटिएको प्रहरीले उक्त गाँजा बरामद गरेको हो । गाँजा राख्ने व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update