Kath khabar
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

नुवाकोट, वैशाख २२। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ककनी गाउँपालिका–५ बस्ने ५८ वर्षीय भरत सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 


जिल्ला अदालत नुवाकोटको २०७८ पुस २६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ९ महिना २ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले नुवाकोट ककनी गाउँपालिका–२ खानीखोलाबाट पक्राउ गरेको हो । 


उनलाई जिल्ला अदालत नुवाकोटमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको   छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update