Kath khabar
पेस्तोल बरामद

दाङ, वैशाख  २३  | घोराही उपमहानगरपालिका–१७ घनिबगियास्थित खेतबाट वेवारिसे अवस्थामा राखेको पुरानो एयर गन जस्तो देखिने पेस्तोल शनिबार साँझ प्रहरीले बरामद गरेको छ । 
उक्त खेतमा शंकास्पद बस्तु फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले पुरानो बुट्टेदार कपडाभित्र लुकाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update