Kath khabar
इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ


                    काठमाडौं, वैशाख २४ । इजरायल पठाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानीलकण्ठ नगरपालिका–९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले १ जनालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update