Kath khabar
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट एक व्यक्ति पक्राउ


                        भक्तपुर, जेठ ३२ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ३८ वर्षीय कृष्ण बहादुर तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक–पटक र पछिल्लो पटक २०८१ जेठ १२ गते दिउँसो भक्तपुर नगरपालिका–१ दुधपाटी स्थित न्यु भक्तपुर गेष्ट हाउसमा ललाइ फकाई, डर धाक धम्की देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update