हत्या गरेको अभियोगमा एक जना पक्राउ
सुनसरी, साउन २ । बराहक्षेत्र नगरपालिका–३ बिस्थापित टोल बस्ने बिक्रम बिकको छोरा ६ वर्षीय अबि बिकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय वीर बहादुर विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विर बहादुरले मादक पदार्थ सेवन गरी अबिलाई कुटपिट गर्दा घाइते भई उपचारको लागि बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका अबिको सोही प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २, २०८१ १४:४८
प्रतिक्रिया दिनुहोस्

