Kath Khabar
घरायसी विवादको क्रममा आफ्नै श्रीमानको हत्या, श्रीमती पक्राउ

                         दाङ, वैशाख ३० । आफ्नै श्रीमान् ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा बंगलाचुली गाउँपालिका-७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

संगीताले घरायसी विवादको क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update