चितवनमा एक व्यक्तिले गरे आफ्नै छोरी र भतिजको विभत्स हत्या

चितवन, जेठ २ । चितवनमा एक व्यक्तिले आफ्नी छोरी र भतिजको विभत्स हत्या गरेका छन् ।
भरतपुर महानगरपालिका-२५ शुक्रनगरका ४२ वर्षीय लीलाराज गिरीले हँसिया प्रहार गरी आफ्नी सात वर्षीया छोरी र पाँच वर्षीय भतिजको हत्या गरेपश्चात आफूले पनि आत्महत्याको प्रयास गरेका हुन् । उनले धारिलो हतियारले आफ्नै घाँटी रेटेका थिए । गम्भीर अवस्थामा रहेका उनको उपचार भइरहेको छ ।
गिरी पूर्वसैनिक हुन् र मानसिक रोगीका कारण उनले यस्तो कदम चालेको आशंका गरिएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२ १६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय