Kath Khabar
गोकर्णेश्वरमा भएकाे हत्यामा संलग्न रहेकाे अभियाेगमा पाँच जना पक्राउ

                                काठमाडौं, जेठ ६ । गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या भएको घटनमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-१ बस्ने रामेछाप सुनापति गाउँपालिका-४ घर भएका २९ वर्षीय प्रविण तामाङ, गोकर्णेश्वर नगरपालिका-२ बस्ने सर्लाही बागमती गाउँपालिका-३ घर भएका २३ वर्षीय समिर वाईवा तामाङ, २६ वर्षीय अभिसेक वाईवा तामाङ, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-६ घर भएका २९ वर्षीय दिपेन्द्र भुजेल र काभ्रेपलान्चोक चौंरीदेउराली गाउँपालिका-७ घर भएका २८ वर्षीय अनुराग तामाङ रहेका छन् ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update