-1749537909.jpg)
काठमाडौं, जेठ २७ । युके पठाइदिने भन्दै ११ करोड भन्दा बढी रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मोरङको रतुवामाई नगरपालिका–१० घर भई काठमाडौंको सरस्वती नगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबैला नगरपालिका–१२ घर भई काठमाडौंको नरेफाँट बस्ने ४७ वर्षीय अरुणराज शर्मा रहेको प्रहरीले जनाएकाे छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठ २५ गते काठमाडौंको नैकापबाट उनीहरूलाई पक्राउ गरेको हाे । कुल ३८ जना पीडितहरूले प्रमाणका आधारमा उजुरी दिएका हुन्, जसमा दुई जनाले ११ करोड ६९ लाख ७० हजार रुपैयाँ ठगी गरेको दाबी गरेका छन् ।
पक्राउपछि उनीहरूलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीको लागि सोमबार वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरीले जनाएकाे छ । वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही सुरु गर्नेछ।