Kath Khabar
बुढानिलकण्ठमा एक पुरुष र एक महिलाको शव फेला

                         काठमाडौं, असार १ । काठमाडौंको बुढानिलकण्ठमा एक पुरुष र एक महिलाको शव फेला परेको छ । बुढानिलकण्ठ नगरपालिका-४, पासिकोटमा थ्री स्टार किड्स जोन स्कूलको कम्पाउन्ड भित्र साढे दुई तले घर भित्र एक पुरुष र एक महिलाको शव फेला परेको हो ।

मृत भेटिनेहरूमा पञ्जाबको चण्डीगढका ५४ वर्षीय परम नारायण गिल र धादिङको गल्छी गाउँपालिका-६ की २८ वर्षीया अञ्जना तामाङ रहेको पहिचान गरिएको छ। प्रहरीले अञ्जनाको टाउकोमा चोटहरू भएको बताएको छ भने परमलाई बाहिरी चोटपटक देखिएकाे छैन, उनलाइ त्यही कोठाको भुइँमा मृत अवस्थामा फेला पारिएको हाे ।

घटनास्थलमा एउटा कुकुर पनि मृत फेला परेको छ भने घटनास्थलबाट फलामको हथौडा बरामद भएको प्रहरीले जनाएको छ। घटनास्थलमा सम्बन्धित प्रहरी अधिकारीहरू सहितको अनुसन्धान टोली खटाइएको छ । 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update