कैलालीमा आफ्नै देवरले सुत्केरी भाउजुको हत्या गरेको पुष्टि
कैलाली, असार ८ । कैलालीमा आफ्नै देवरले सुत्केरी भाउजुको हत्या गरेको पुष्टि भएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको हत्या भएको आफ्नै कान्छा देवर नविन नाथले गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । तुलसीले घटना हुनुभन्दा १६ दिनअघि मात्र सन्तान जन्माएकी थिइन्।
प्रहरीका अनुसार नविनले तुलसी सुतिरहेको अवस्थामा तकियाले मुख थुनेर हत्या गरेको र उनको कानको झुम्का चोरी गरेको बयान दिएका छन् ।
त्यसपछि उनले प्रमाण नष्ट गर्ने उद्देश्यले शवलाई नजिकैको नालामा फालेका थिए । सुरुमा शवमा कुनै चोटपटक नदेखिएकोले हत्या भएको शंका नलागेपनि सुनका गहना हराएको देखिएपछि हत्याको आशंका गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, असार ८, २०८२ १४:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय