Kath Khabar
आफ्नै श्रीमतीकाे हत्या गरेको अभियोगमा पक्राउ


                                सुनसरी, असार ९ । आफ्नै श्रीमती २४ वर्षीया ढलिसदा मुसहरको हत्या गरेको अभियोगमा बराहक्षेत्र नगरपालिका-५ मुसहरी टोल बस्ने ३० वर्षीय सोनिया मुसहरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  

सोनियाले शनिबार राति कुटपिट गर्दा घाइते भएकी ढलिसदाको आइतबार बिहान आफ्नै घरमा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update