Kath Khabar
जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट एक व्यक्ति पक्राउ


                           दाङ, भदौ २ ।  १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौर बस्ने २० वर्षीय बालकृष्ण गिरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update