Kath Khabar
ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दाको फरार प्रतिवादीहरू ललितपुरबाट पक्राउ

                       ललितपुर,  भदौ ५ । ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा संलग्न २ जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खटाङ  घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका-१७ शिवटोल बस्ने २६ वर्षीय सिमन राई र महालक्ष्मी नगरपालिका-३ ईमाडोल बस्ने १८ वर्षीय किशोर रहेका छन् । 

गोदावरी नगरपालिका-१४ ठैब दमाईटार सडकमा भदौ १ गते राति बि एएच ९३४५ नम्बरका ट्याक्सी चालकलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको र चालकको साथमा रहेको नगद, मोबाइल एवम् चाँदीको सिक्री समेत डाँका चोरी गरी फरार भएको घटनाको अनुन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई  ललितपुर महालक्ष्मी नगरपालिका-१ शिवटोलबाट पक्राउ गरेको हो । 

उनीहरू उपर ज्यान मार्ने उद्योग र डाँका चोरी कसूरमा जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update