Kath Khabar
गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार
तस्विर : सामाजिक सञ्जाल

                              काठमाडौं, असोज २ । काठमाडौंको गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । गोकर्णेश्वर नगरपालिका-७ स्थित शिवचोकमा एकजना महिला व्यवसायी सीतादेवी पन्तलाई खुकुरी हानिएको हो । 

बिहीबार साढे ११ बजेतिर सीतादेवीमाथि खाना खाइरहेको अवस्थामा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।  उनीमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ घर भएका ३७ वर्षीय कर्णबहादुर तामाङ छन् । तामाङले मदिरा सेवन गरेको प्रहरीले बताएको छ । 

खुकुरी प्रहारबाट घाइते भएकी महिलाको शंकरापुर अस्पताल नारायणटारमा उपचार भइरहेको छ । पन्तको हात र टाउकोमा गहिरो चोट लागेको बताइएको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update