Kath Khabar
सिरहामा अपहरणमा परेका बालकको हत्या,  मागेका थिए ५ करोड रुपैयाँ

                     सिरहा,  असोज ७  । सिरहामा अपहरणमा परेका बालकको हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो । प्रहरीका अनुसार बालकको शव आज बिहान घरभन्दा केही पर आँप बगैंचामा फेला परेको हो ।

परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि फेला परेनन् । सोमबार बिहान अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा इमोमार्फत ५ करोड रुपैयाँ फिरौती माग गरिएको सन्देश म्यासेज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए ।

फिरौती माग गरिएको सन्देश हिन्दीमा लेखिएको थियाे, उक्त सन्देशमा सेप्टेम्बर २५ भित्र रकम बुझाउन भनिएको थियो भने प्रहरी वा पत्रकारलाई खबर गरेमा जे पनि हुन सक्ने धम्की पनि दिइएको थियो ।

 

 

 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update