Kath Khabar
जेनजी प्रदर्शनका क्रममा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरीकाे हत्या गरेको आरोपमा एक युवक पक्राउ

                               काठमाडौं, असोज ७  । भदौ २४ गते ‘जेनजी’ को प्रदर्शनका क्रममा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरीकाे हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

दार्चुलाको लेकम गाउँपालिका वडा ३ गुमखोलीका स्थानीय प्रहरी जवान उत्तम सिह थापाको हत्या गरेको आरोपमा प्रहरीले काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरेको हो । उनीमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।

प्रदर्शनमा उत्रिएका युवाले महाराजगन्जमा कार्यरत दुई प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेका थिए । जवान थापालाई  ‘तँ डीएसपी’ भन्दै भीडले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले घटनास्थलका तस्बिर तथा भिडियोका आधारमा अनुसन्धान गरेर प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट गर्नेमाथि कारबाही थालेको छ । जेनजी आन्दोलनमा असई मिलन राय, जवान उत्तम थापा र सहायक हवल्दार अमृत गुरुङ लगायत तीन प्रहरीको विभत्स हत्या भएको थियो । 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update