Kath Khabar
टोखामा आफ्नै साथीको हत्या,  दुई जना पक्राउ

                          काठमाडौं, असोज २४ । टोखा नगरपालिकाकाे चन्द्रेश्वरीमा बिहीबार एक व्यक्तिको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरू उदयपुरका २७ वर्षीय गणेश लामा र सिन्धुलीका ४० वर्षीय खुबबहादुर तामाङ रहेका छन् ।

बिहीबार राति उनीहरूले पाँचथर घर भइ हाल टोखाको चन्द्रेश्वरीमा बसोबास गर्दै आएका ४० वर्षीय राम लिम्बूलाई फलामको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

भट्टाईका अनुसार लिम्बू, लामा र तामाङ एकै एउटै ठाउँमा काम गर्ने साथी थिए । उनीहरू रामेश जोशीको जग्गामा मजदुरी गर्दै आएका थिए । उनीहरूले सोही स्थानमा रहेको टहरामा बसेर साे मदिरा सेवन गरेकाे बताइएकाे छ । प्रारम्भिक अनुसन्धानअनुसार आर्थिक लेनदेनको विषयमा विवाद हुँदा लामा र तामाङले लिम्बूमाथि फलामको रडले आक्रमण गरेका थिए ।

गम्भीर घाइते भएका लिम्बूलाई तत्काल ट्रमा सेन्टर पुर्‍याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update