Kath Khabar
प्लास्टिकको झोलामा नवजात शिशु फेला
Symbolic Image

                             काठमाडौं, कात्तिक २ । सुनसरीमा प्लास्टिकको झोलामा बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ । शनिबार राति सुनसरीको कोशी गाउँपालिका-८, शर्मा टोलमा प्लास्टिकको झोलामा बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको हाे ।

नजिकै शिशु रोएको सुनेपछि स्थानीय बासिन्दा विजय कुमार खथवेले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले स्थानीयवासीको सहयोगमा शिशुलाई उद्धार गरी प्रारम्भिक उपचारको लागि भण्टाबारीस्थित कोशी स्वास्थ्य सेवामा लगेको र अहिले थप हेरचाहको लागि जिल्ला अस्पताल इनरुवामा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

डाक्टरहरूले शिशु भर्खरै जन्मिएको र स्थिर अवस्थामा रहेको बताएका छन् । शिशुलाई बेवारिसे अवस्थामा छोड्ने व्यक्तिको पहिचान र पक्राउ गर्न प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update