श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
कैलाली, कात्तिक ९ । आफ्नै श्रीमान् ५० वर्षीय लखनलाल कठरियाको हत्या गरेको अभियोगमा जोशीपुर गाउँपालिका-३ लक्कड बस्ने ३५ वर्षीया सुनिता देवी कठरियालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादको क्रममा सुनिताले कुटपिट गर्दा लखनलाल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका लखनलालको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२ १३:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

