Kath Khabar
भक्तपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

                              भक्तपुर, कात्तिक १८ ।  भक्तपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ परेका व्यक्ति सिन्धुली गोलन्जोर गाउँपालिका-२ घर भएका २१ वर्षीय सन्तोष भुजेल रहेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

सन्तोषले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update