१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सुर्खेत, कात्तिक २० । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-६ बस्ने जुम्ला तिला गाउँपालिका-९ घर भएका ४० वर्षीय हंस बहादुर बोहोरालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
हंस बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२ १३:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

