Kath Khabar
आफ्नै बुबाको हत्या गर्ने छाेरा पक्राउ

                         काठमाडौं, कात्तिक २४ । आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ किमडोल बस्ने गोरखा चुमनुब्री गाउँपालिका-६ घर भएका ३६ वर्षीय रोशन गुरूङ भन्ने पेम्बा लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पेम्बाले कुटपिट गर्दा आमकी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका आमकीको मनमोहन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update