काठमाडौं, कात्तिक २७ । नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ । आज परिसूचक ० दशमलव ३१ अंकले बढेर दुई हजार पाँच सय चार दशमलव एकानब्बेको विन्दुमा कायम भएको हो ।
आज ३२९ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ । आज १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आजकाे काराेबारमा सबैभन्दा धेरै हिमालयन पावर पाटर्नरको १६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १३ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको १३ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माबिलुङ इनर्जी र श्वत गंगा हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सागर डिष्टिलरी र बुङगल हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।

