काठमाडौं, मंसिर ७ । नेकपा एमालेका नेता महेश बस्नेतमाथि सुनसरीमा आक्रमणको प्रयास भएको छ । युवा संघको एक कार्यक्रमका लागि आज सुनसरी जाँदै गर्दा विराटनगर विमानस्थल बाहिर दुई जनाले रातो मसी प्रहार गर्न खोजेका थिए ।
बस्नेतसहित अन्य नेताहरू बसेको गाडी विमानस्थलबाट बाहिर निस्कँदै गर्दा ती युवाहरूले गेटनजिकै रातो मसी छ्याप्दै प्रतीकात्मक विरोध जनाएका हुन् । घटनापछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा अप्रित कुवँर र सञ्जोग गौतम रहेका छन् ।
उनीहरूको उद्देश्य बस्नेतको कार्यक्रम रोक्ने नभई ध्यानाकर्षण गराउने मात्र रहेको तर उनीहरूलाई प्रहरीले उनीहरुलाई धरपकड गरेको बताइएको छ । आन्दोलनमा मारिएका युवाहरूको न्यायका लागि यो कदम उठाएको उनीहरुले बताएका छन् ।
उनीहरुले जेन–जी आन्दोलनका क्रममा मारिएका युवाहरूको न्यायका विषयमा एमालेले पर्याप्त साथ नदिएको र उल्टै आन्दोलनविरुद्ध सक्रिय देखिएको भन्दै उनीहरूले सांकेतिक रूपमा विरोध जनाएका हुन् ।

