Kath Khabar
सर्वोच्चको आदेशपछि रिहा भए दुर्गा प्रसाईं
File Photo

                         काठमाडौं, मंसिर ७ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि उनी छुटेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार थुनामुक्त गर्न आदेश दिएपछि प्रसाईं रिहा भएका हुन् ।  प्रसाईंका छोरा निराजनले बुधबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट प्रसाइलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update