Kath khabar
सबै कुना नदेखिने आहा, ‘टौदह’ (हेर्नुहोस् तस्बिरमा)

लाखौं मानिसको बसोबास भएको क्षेत्र, सहर जे सुकै भने पनि काठमाडौं हो । काठमाडौंमा १७ लाख भन्दा बढी मानिस बसोबास गर्ने गरेको राष्ट्रिय तथ्यांक विभागले बताएको छ । यस मध्ये पनि बाक्लो जनसंख्या भनेको चक्रपथ भित्र र त्यस वरिपरि करिब २/३ किलोमिटर आसपासको क्षेत्रमा हो । बाक्लो जनसंख्या, सवारी साधन लगायतका सहरीकरणले गर्दा हप्ताको एक दिन (बिदाको दिन) चक्रपथ भित्र र बाहिरको क्षेत्रमा बसोबास गर्ने मानिसहरुको लागि घुमघाम गर्ने स्थानको रुपमा टौदह परिचित रहेको पाईन्छ । गाँउ र सहरको ‘फ्युजन’ रहेको कारण घुम्न जाने मानिसहरुले गाँउ र सहर दुवै पाउनु हुनेछ । कारण आधुनिक घर, कालोपत्र सडक, रेष्टुरेन्ट, आधुनिक जीवनशैली अपनाउने युवायुवती, अर्कोतर्फ पुराना घरहरु, परम्परागत पहिरनका पाका उमेरमा मानिसहरु अनि पुराना चिया पसल र स्थानीय उत्पादनहरु लगायत सम्पूर्ण कुराहरु देख्न र अनुभव गर्न सकिने ।

अनि मुख्य आर्कषणको रुपमा रहेको ‘टौदह’। भनिन्छ दह भने पछि तपाई दहको कुनै एक स्थानमा उभिनु भएमा कुनै एउटा कुनो देखिदैन । हो , त्यस्तै छ, टौदह । यो मान्यता वैज्ञानिकहरुले प्रमाणीकरण गर्नु भएको छ/छैन सो विषयमा भने हामी अनभिज्ञ नै रहेका छौं । तर, त्यहाँका स्थानीयहरु भने दहको एउटा कुना देखिदैन भनेर पूर्ण आत्मविश्वासले भन्नुहुन्छ । र त्यो प्रयोगात्मक पनि प्रमाणित हुन्छ । अर्थात्, तपाईं त्यहाँ गएर उभिनु भयो भने कुनै एउटा कुना देख्नु हुदैन ।

अब टौदहको अर्को सुन्दरतातर्फ लागौं अफ्रिका मुलुकबाट बसाई सरेर आउने जलचराहरु । चलचरा चाँहि किन भनेको भने यिनीहरु टौदहको दहमा आनन्दका साथ खेलिरहेका हुन्छन् । जसले मानिसहरुलाई आनन्द दिलाँउछ । अफ्रिकाबाट आएका चराहरु भनेर नेपाल तथा विदेशका चराविज्ञहरुले प्रमाणित गरेको हुदाँ सो कुरा उल्लेख गरिएको हो ।

चरा पछि कुरा गरौं ठूला र रंगिबिरङ्गी माछाहरु । जसलाई चारा खुवाँउदा तपाईंहरुले छोएको आभास हुन्छ । अनि तिनीहरुको पानी माथिको नाचले काठमाडौंको भीडबाट टौदह पुग्दा निक्कै आनन्द प्राप्त हुन्छ । अनि सफा हावापानी लिएर र पिएर बस्दा तपाईको मन, दिमागले शितलताको आकाश छुन्छ । सबै कुना नदेखिने आहा, ‘टौदह’ ।

सम्पूर्ण तस्बिर : काठखबर

 

प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update