
काठमाडौं, चैत १५। कतार एयरवेजद्वारा पुरस्कार मुद्राका रूपमा प्रिभिलेज क्लबले एभिओसलाई आधिकारिक मान्यता प्रदान गरेको घोषणा गरेको छ । यसले लगभग १ सय ५० गन्तव्य सहित एयरलाइनको बृहत् सञ्जालको उपयोग गर्दै यात्रा गर्ने सदस्यहरूका लागि नयाँ अवसरहरूको संसार खोलेको छ । यस साझेदारी मार्फत अब यात्रुहरुले विश्वकै उत्कृष्ट एयरलाइनको अनुभवका साथमा विश्वकै उत्कृष्ट विमानस्थल, हमाद अन्तर्राष्ट्रिय विमानस्थल (एचआईए)को आनन्द लिनुका साथै कतार एयरवेजका उडानहरूमा थप ग्यारेन्टीड अवार्ड सीटहरू र प्रतिस्पर्धी मूल्यहरूको विस्तृत शृंखला सहितका लाभहरुउठाउन सक्नेछन् ।
प्रिभलेज क्लबले एभिओस अपनाएको उपलक्ष्यमा, सदस्यहरूले प्रोमो कोड क्यूआर एभिओस प्रयोग गरी ३१ मार्च २०२२ सम्ममा नगद+एभिओसको प्रयोग गर्दै आफ्नो अर्को उडान बुक गर्दा बिजनेस वा फस्र्ट क्लासमा १०,००० बोनस एभियोस वा इकोनोमी क्लासमा ५,००० बोनस एभिओसको फाइदा लिन सक्नेछन् । यो योजना कतारएयरवेज डट कम र एयरवेजको मोबाइल एपमा मात्र उपलब्ध हुने जानकारी दिइएको छ। ।
अवार्ड सिटहरूको विस्तृत उपलब्धताका कारण सदस्यहरूका लागि कतार एयरवेजमा एभिओस उपयोग गरी प्रति दिन ४ सय उडान सहितको व्यापक विश्वव्यापी सञ्जालको फाइदा उठाउँदै अझ ठूलो छनोटको अवसर उपलब्ध भएको छ । यात्रुले आफ्नो इच्छा तथा आवश्यकता अनुसार अष्ट्रेलियाका ५, युनाइटेड स्टेट्सका १२, मिडल इस्टका २१, अफ्रिकाका २८, युरोपका ३५ र एसियाका ४२ गन्तव्य लगायत विश्वका विभिन्न स्थानहरूमा उडान सुविधा तथा सेवा प्राप्त गर्न सक्नेछन् ।
यसका साथै, वानवल्र्ड साझेदारहरू बीचको गठबन्धनको फाइदा उठाउँदै कतार एयरवेज प्रिभ्लेज क्लबका सदस्यहरूका लागि थप लाभहरू पनि उपलब्ध गरिएको छ । ब्रिटिश एयरवेज एक्जिक्युटिभ क्लबको सदस्यहरूका लागि ब्यालेन्स सीमा वा स्थानान्तरण शुल्क बिनाअभियोग खाताहरू संयोजन गर्ने, एभिओस ब्यालेन्सको असीमित स्थानान्तरणको सुविधा समेत उपलब्ध गरिएको छ । एभिओसको संयोजन गर्ने सुविधा मार्फत सदस्यहरूलाई कतारएयरवेज डट कम र मोबाइल एपमा उपलब्ध कतार एयरवेज र ब्रिटिश एयरवेजको अवार्ड दुवै उडानमा खर्च गर्ने र रिडिम गर्न सकिने सुविधा पनि उपलब्ध गरिएको छ ।
थप जानकारीका लागिः
नयाँ सुविधा अन्तर्गत सदस्यहरूले अब उडान पुरस्कार विकल्पहरूको फराकिलो दायरामा अभुतपूर्व खर्च गर्ने अवसरहरू सहित थप पुरस्कारहरू माथि आफ्नो सहज पहुँच बनाउँदै अझ आकर्षक फाइदाहरू पनि प्राप्त गर्न सक्नेछन्। भर्खरै परिष्कृत क्याश+ क्यूमाइल्स विकल्पको प्रयोग गरी फाइदा लिइसकेका सदस्यहरूले पनि क्याश+एभिओस मार्फत समान पुरस्कार लाभहरूको आनन्द लिनजारी राख्न सक्नेछन् । यसले सदस्यहरूलाई कतारएयरवेज डट कम र मोबाइल एपमा आफ्नो उडान बुकिङको अंश-भुक्तानी गर्ने शक्ति प्रदान गरिएको छ। एभिओसको उपयोग पुरस्कार उडानहरू, केबिन अपग्रेडहरू, अतिरिक्त सामानहरू र थप धेरै पुरस्कारहरूको दायरामा पनि प्रयोग गर्न सकिन्छ ।
प्रिभिलेज क्लबका विद्यमान सदस्यहरूको क्यूमाइल्स ब्यालेन्स, १ः१ अनुपातमा स्वतः एभिओसमा परिमार्जित गरिँदै लोयल्टि कार्यक्रमको नयाँ पुरस्कार मुद्रा, एभिओसमा परिमार्जित हुनेछ । प्रिभिलेज क्लबले पुरस्कारको नयाँ संसार खोल्दै गर्दा, क्यूपोइन्ट्स÷क्यू क्रेडिट जस्ता प्रचलित प्रिभ्लेज क्लब सुविधाहरू अपरिवर्तित रहनेछन् । साथै, अवार्ड उडान रिडेम्प्सनका लागि एभिओसको रकम पहिलेकै क्यूमाइल्सको प्रक्रिया झैँरहनेएयरवेजले जानकारी दिएको छ ।