म्यादी प्रहरीको भिरबाट लडेर मृत्यु

नुवाकोट, वैशाख ७। नुवाकोटमा भिरबाट लडेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका १२का २६ वर्षीय योगेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिएको छ । उनी सोही वडाको घट्टे फोगडा भिरबाट अन्दाजी एक सय मिटर तल खसेर मृत्यु भएको प्रहरीले जानकारी दिए । उनि म्यादी प्रहरी हुन् । तालिमका लागि आउँदा भिरबाट लडेर मृत्यु भएको देखिएको छ ।
बिहान आठ बजेदेखि तालिम हुन्छ । तर शव बेलुकी मात्रै फेला परेको थियो ।’परिवारले खोज्दा राति उनको शव फेला पारेको हो । शवको पोष्टमार्टम त्रिशूली अस्पतालमा लगिएको थियो । अहिले परिवारले शव बुझेर दाहसंस्कार गरिसकेको छ । यो घटना शनिबार वैशाख ३ गतेको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९ १५:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय