Kath khabar
काठमाडौंदेखि भोटेचौरसम्मको एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड भव्य रुपमा सम्पन्न



             काठमाडौं, जेठ १६। टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाण्डूदेखि भोटेचौरसम्मको आफ्नो  एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड भव्यरूपमा सम्पन्न गरेको छ ।

गत जेष्ठ १४ गते शनिबार आयोजना भएको उक्त राइड काठमाडौँको महालक्ष्मीस्थानस्थित टीभीएसको युनिराइड शोरुमबाट शुरु भएर बालकुमारी, तीनकुने एअरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मूलपानी, साँखु हुदै भोटेचौर हेवन हिल रिसोर्टसम्म पुगेको थियो । उक्त राइडमा सहभागीहरू बीच एकतामूलक विभिन्न गेमहरु खेलाइएको थियो । उनिहरुबीच विभिन्न मनोरञ्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरू गरिएको थियो ।

राइडमा टीभीएस एनटर्कका ७० जना राइडरहरु का साथै प्रसिद्ध मोटो भ्लगरहरु राजकुमार थापा मगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लगको उपस्थिति थियो साथै नेपालको प्रसिद्ध महिला बडी बिल्डर सनम मूलघुटी, प्रसिद्ध पुरुष बढी बिल्डर अमित चन्द्र आर्या र कलाकारहरु उषा उप्रेती र बिपिन श्रेष्ठको पनि सहभागिता रहेको जगदम्बा मोटर्सको मार्केटिङ नायब कार्यकारी प्रमुख बिक्रम पौडेलले  जानकारी दिनुभयो। टिभिएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनीबीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उहाँले बताउनुभयो ।

उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त राइडमा विभिन्न सडक सुरक्षाको जानकारीका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी प्राबिधिक टिमले दिएको थियो । नेपालमा टीभीएस एनटर्क ५० हजार बिक्रीलाई निरन्तरता दिदै यो राइड आयोजना गरिएको हो ।

राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो र खेलको विभिन्न विधाका विजेतालाई आकर्षक पुरस्कारहरु वितरण गरेका थिए ।

 


 

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update