Kath khabar
ओकाया इनर्जी एण्ड ई–मोबिलिटी ग्रुपले चार्जिङ ग्रिड र ब्याट्री स्वेपिङ स्टेशन ल्याउने

       काठमाडौं, जेठ २३ । ओकाया इनर्जी एण्ड ई–मोबिलिटी ग्रुप जुन पहिले ओकाया पावर ग्रुप भनेर चिनिन्थ्यो, विगत ३५ वर्षदेखि ऊर्जा भण्डारण र ब्याट्री उत्पादनमा अग्रगामी, विश्वास र गुणस्तरको प्रतीक बनेको ब्रान्डले, नेपालभर विद्युतीय दुई पाङ्ग्रे सवारी साधन, चार्जिङ ग्रिड र ब्याट्री स्वेपिङ स्टेशन ल्याउनको लागि  वृद्धि–शशीला इलेक्ट्रिकसँग रणनीतिक साझेदारी गरेको छ ।

   एक विज्ञप्ति अनुसार यस सम्झौताले वातावरण मैत्री यातायात समाधानहरूको लागि मुलत नेपाली उपभोक्ताहरुको आवस्यकता र नेपाली बाटो र माटोलाइ सुवाउने स्कुटर भित्राउने छ । ५० भन्दा बढी देशहरूमा चार दशकको विशेषज्ञता र उपस्थितिबाट परिमार्जित, ओईईजीको पछिल्लो उत्पादन  इपबथब भ्ख् ले क्ष्इत् नेपालमा एकदमै नयाँ, सक्तिशाली, र बहुउपयोगी हुने कुरामा  बिस्वस्त छौं । यी स्कुटरहरुमा ४.४ किलोवाट मा कुनै अन्य ई–स्कुटरमा फिट गरिएको भन्दा उच्चतम क्षमताको ब्याट्री प्रदान गर्दछ जसले सिंगल चार्जमा १४०–१६० किलोमिटरको यात्रा ७० किमी प्रतिघण्टाको उच्च गति प्रदान गर्दछ । अन्य जानकारी कम्पनीले केहि समयमा सार्बजनिक गर्ने जनाएको छ ।

   बृद्धिको ५० वर्ष भन्दा बढिको सफल  व्यापारिक इतिहास छ; आज यस ग्रुपको  प्राथमिक व्यवसायमा अटोमोटिभ, ह्याभी इकुप्मेंट,, व्यापार, उत्पादनका साथै वित्तीय संस्थाहरू र बैंकिङ समावेश छन् ।   शशीला मोटर्स, कमर्सियल गाडीको क्षेत्रको अग्रणी डिलरशिप, एक माइलस्टोन सेटर हो जसले सञ्चालनको सात वर्ष भित्र ६००० भन्दा बढी गाडीहरू बिक्री गरेको छ । किया मोटर्सको डिलरशिप र विभिन्न विश्वव्यापी हेवी उपकरण ब्रान्डहरू यसका अन्य सहकार्यहरू हुन् जसले यसको ग्राहक–केन्द्रित दृष्टिकोणका लागि धेरै प्रशंसा जितेको छ । कम्पनीको लक्ष्य भनेको ग्राहकहरूलाई अपेक्षा भन्दा बाहिरको अनुभव प्रदान गर्नु, अटोमोटिभ खण्डमा प्रभावशाली स्थिति कायम राख्नु र समुदायमा सक्रिय उपस्थिति हुनु हो ।  
 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update