Kath khabar
नाडा अटो शो २०२२ को रजिष्ट्रेशन जेठ २६ गते देखि खोलिंदै

         काठमाडौं, जेठ २३ । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले यही भाद्र ७ देखि १२ गते सम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १५ औं संस्करण “नाडा अटो शो २०२२” आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको यही जेठ २६ गते देखि ३० गते सम्म स्टल बुकि¨का लागि रजिष्ट्रेशन खुल्ला गरिने नाडाले जानकारी दिएको छ । सिमित ठाउ“ तर प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्याधिक माग भएकाले यस वर्ष पनि गोला प्रथाद्वारानै स्टल उपलब्ध गराइने भएको छ । प्रदर्शनीमा २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुलाई समुह अनसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

        विगतका संस्करणहरुमा उल्लेखियरुपमा सोधपुछ भएकाले यस वर्ष देखि कमर्शियल भेहिकलहरुलाई पनि सम्मिलित् गर्ने उदेश्यले कमर्शियल भेहिकलहरुको सहभागिताका लागि समेत स्टल बुकि¨ रजिष्ट्रेशन आवहान गरिएको छ । कोभिड संक्रमण न्यून हुंदै जा“दा सुस्त रुपमा गति लिन थालेको नेपाली अर्थतन्त्र पुनः सुस्ताई रहेको अवस्थामा यस नाडा अटो शो २०२२ ले केही हदसम्म भए पनि उद्योगी, व्यापारी एंव उद्यमीहरूमाझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्दै नँया उर्जा थप्न सक्ने आयोजकको विश्वास रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update