Kath khabar
एसवाई प्यानल नेपालले घोषणा गर्यो टिकटक प्रतियोगिताः लाखौ नगद पुरस्कारको व्यवस्था


           काठमाडौं, साउन ३। कोरियन प्रविधिको स्यान्डविच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल (SY Panel) नेपालले टिकटक प्रतियोगिता गर्न लागेको छ ।

प्रतियोगितामा सहभागी हुन चाहनेहरूले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनुपर्ने कम्पनीले जानकारी गराएको छ । यसका लागि साउन ६ गतेदेखि भदौ ६ गतेसम्मको एक महिनाको भिडियो पोस्ट गरिसक्नुपर्ने कम्पनीले जानकारी गराएको छ ।  

कम्पनीका प्रबन्ध निर्देशक विमलराज गोसाइँले उत्कृष्ट प्रतिस्पर्धीहरूले आकर्षक नगद पुरस्कार पाउने जनाए । पहिलो विजेता एकजनाले डेड लाख नगद, दोस्रो (दुई जना) प्रतिव्यक्ति एक लाख नगद, तेस्रो (तीन जना) प्रतिव्यक्ति ७५ हजार, चौथो (चार जना) प्रतिव्यक्ति ४० हजार र पाचौं (पाँच जना) प्रतिव्यक्ति ३० हजारका दरले नदग पुरस्कार दिने गोसाइँले जानकारी दिनुभयो ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाई छनौट गरी ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र दसदस प्रतिशत मोस्ट भ्युज, मोस्ट शेयर, मोस्ट कमेन्टको आधारमा बिजयी हुने जनाइएको छ ।

पुरस्कार भाद्र १० गते बितरण गरिनेछ । भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्ने जनाएको छ । सर्तहरू लागू हुने पनि कम्पनीले जनाएको छ । नेपाल सरकारको नियम अनुसार लाग्ने कर विजेता स्वयंले बेहोर्नुपर्ने पनि कम्पनीले जनाएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update