Kath khabar
सुरु भयो अर्नाको सङ कन्टेस्ट २०२२



          काठमाडौं, साउन ८ । ओरिजिनल गीतहरूको क्षेत्रमा नेपालकै सबै भन्दा ठूलो सङ कन्टेस्ट लिएर अर्ना फेरि २०२२ मा उपस्थित भएको छ । विगत दुई वर्षदेखि निरन्तररूपमा आयोजना गर्दै आएको अर्ना बियरले देशका कयौं गायक, संगीतकार तथा गीतकारहरुलाई आफ्नो कला प्रदर्शन गर्न एक पृथक मञ्च प्रदान गरेको छ ।

यही श्रावण ८ गते आइतबारदेखि आयोजना हुने अर्ना सङ कन्टेस्टमा इच्छुक तपाईँहरूले बनाउनु भएको ओरिजिनल गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेबसाइटमा पठाउन सक्नुहुनेछ । रु. १० लाख पुरस्कार राशी रहेको यस सङ कन्टेस्टमा तपाईंले भाद्र १५ गतेभित्र आफ्नो गीत पठाइ सक्नुपर्नेछ । अर्ना सङ कन्टेस्ट २०२२ बारे कुनै पनि अतिरिक्त जानकारी चाहिएमा अर्नाको सोसल मिडिया पेज फलो गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।


 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update