Kath khabar
'मिसेस नेपाल कल्चर'को ब्रान्ड एम्बेसडर पहिलो मिस नेपाल रुबी


                काठमाडौं, साउन १६। ‘मिसेस नेपाल कल्चर २०२२’ आयोजना हुने भएको छ । विवाहित महिलाहरूको अनुभव, परिपक्वता, सिकाइ अझ वृहत र विस्तारित रुपमा समाज सामु ल्याएर उनीहरूको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा योगदान पुर्याउने युहान इन्टरनेसनल इभेन्ट्सले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आयोजक युहानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगताका लागि जुनै पनि उमेर समुहका विवाहित महिलाले आवेदन दिन सक्नेछन् । प्रथम मिस नेपाल रुबी राणा ब्रान्ड एम्बेसडर रहेको प्रतियोगिताको पहिलो अडिसन यही साउन २१ गते आयोजना हुनेछ । अडिसनबाट छानिएका प्रतियोगी बिभिन्न चरणको प्रशिक्षणपछि फाइनलमा उत्रिनेछन् ।

मौलिक संस्कृति, जातीय परिचय, सांस्कृतिक विविधताले राष्ट्रिय परिचयको गर्विलो आधार सृजना गर्ने कुरालाई मनन गरी आधुनिक परिवेशमा पनि सांस्कृतिक मूल्य, मान्यता, मौलिक परिचयको महत्वलाई सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्य ‘मिसेस नेपाल कल्चरल’ को अवधारणा ल्याइको आयोजक युहानका निर्देशक सानु खानले बताउनुभयो । ‘विवाह संस्कार नेपाली सांस्कृतिक परिचयको अझ सबैभन्दा महत्वपूर्ण पक्षका रुपमा रहेको छ । यही परिचयमा अगाडि बढेका विवाहित महिलालाई ‘मिसेस  नेपाल कल्चर’ को सांस्कृतिक अभियानको रुपमा प्रस्तुत गर्न खोजिएको हो’ खानले भन्नुभयो ।

प्रतियोगिताका विजेताले शीर्ष उपाधि, दुई लाख बराबरको उपहारको अलवा बिभिन्न अवसर समेत प्राप्त गर्नेछन् ।


 

प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update