Kath khabar
व्हाट्सएपमा च्याट सुरक्षित राख्न चाहनुहुन्छ ? यो तरिका अपनाउनुहोस् ।


            काठमाडौं, साउन २४ । हामीसँग व्हाट्सएपमा धेरै व्यक्तिगत कुराकानीहरू हुन्छन् । कहिलेकाहीँ व्यक्तिगत च्याट लिकले पनि कठिनाइ बढाउँछ। यस्तो अवस्थामा सबैजना आफ्नो च्याट लक गर्न चाहन्छन् । प्रायः कमै मानिसहरूलाई थाहा छ कि व्हाट्सएप च्याट लक गर्न सकिन्छ। 

एन्ड्रोइड फोनमा व्हाट्सएप च्याट लक गर्न गुगल प्ले स्टोरमा धेरै एपहरू रहेका छन् । यसका लागि उनीहरुको सहयोग लिन सकिन्छ । त्यसको लागि सबैभन्दा पहिले तपाईंले गुगल प्ले स्टोरबाट Chat Lock For Whatsapp एप डाउनलोड गर्नुहोस् । एप इन्स्टल गरेपछि एपले तपाईंलाई Accessibility ब्याट्री Optimisation को लागि अनुमति सोध्नेछ। त्यसलाई अनुमति दिनुहोस् । यसपछि एपमा पासवर्ड अर्थात् पिन कोड सेट गर्नुहोस् ।  पासवर्ड सेट गरेपछि यसलाई दुई पटक इन्टर गरेर पुष्टि गर्नुपर्छ ।

अब तपाईंले यस एपमा ती व्यक्तिहरूको च्याट एड गर्न सक्नुहुन्छ, जसलाई तपाईं सुरक्षित राख्न चाहनुहुन्छ । यसो गरेपछि तपाईंलाई लक गरेको व्यक्तिको म्यासेज आउदा हेर्नको लागि तपाईंले सेट गरेको पासवर्ड राख्नुपर्नेछ, अन्यथा एपले सन्देश देखाउने छैन।

 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update