Kath khabar
श्रीकृष्णले किन गरे १६ हजार विवाह ?

     

                   काठमाडौं, भदौ ३ । महाभारतका अनुसार भगवान श्रीकृष्णका १६ हजार १०७ पत्नी थिए । उनको पहिलो विवाह देवी रुक्मिणीसँग भएको थियो र यसका लागि उनले रुक्मिणीलाई अपहरण गरेका थिए । त्यसपछि उनले जाम्बवन्ती, सत्यभामा, कालिन्दी, मित्रविन्द, सत्य, भद्रा र लक्ष्मणसँग पनि विवाह गरे । यी ८ पत्नीलाई भगवान कृष्णकी पत्नी भनिन्छ । तर यस बाहेक श्रीकृष्णजीले हजारौं विवाह गरेका थिए । त्यसैले श्रीकृष्णका १६ हजार पत्नि थिए भनिन्छ  ।

पौराणिक कथा अनुसार श्रीकृष्णले १६ हजार युवतीहरूलाई भूमासुर नामक राक्षसको अत्याचारबाट बचाएर कैदबाट मुक्त गराए । ती केटीहरू घर फर्किएपछि समाज र परिवारका मानिसहरूले उनीहरूलाई चरित्रहीन भन्दै धारण गर्न अस्वीकार गरे । त्यसैले भगवान कृष्णले १६ हजार रूप लिएर यी सबै केटीहरूलाई विवाह गरे ।

भगवान कृष्णका छोरा र छोरीहरूको बारेमा धेरै कथाहरू छन् । पुराणका अनुसार श्रीकृष्णका १ लाख ६१ हजार ८० छोरा थिए । वास्तवमा, उनका सबै श्रीमतीका १०-१० छोरा र १-१  छोरीहरू थिए । यस अनुसार भगवान कृष्णका १ लाख ६१ हजार ८० छोरा र १६ हजार १०८ छोरी थिए ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update