Kath khabar
गोल्डन ओक १२ औं कृति अवार्डस् २०७९ - उत्कृष्ट मनोनयनहरुको घोषणा


               काठमाडौं, भदौ १७ । नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको गोल्डन ओक १२औं कृति अवार्डस् २०७९ को बिभिन्न ३१ वटा विधामा परेको ४२५ मनोनयनहरु मध्ये हरेक विधामा उत्कृष्टताको उच्चतम ५ वटासम्मका मनोनयनहरु आज होटल याक एण्ड यतिमा आयोजित भव्य समारोह बिच घोषणा गरिएको छ । उक्त कार्यक्रममा विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरुको साझा कार्यक्रम गोल्डन ओक १२ औं कृति अवार्डस् २०७९को तिन शिर्षक मध्ये मेनस्ट्रिम अन्तर्गतका बिधाहरुमा उत्कृष्ट-५,तथा टेक्निकल र क्याम्पेन शीर्षक अन्तगर्तका बिधाहरुमा उत्कृष्ट ३/३ छनौटहरुको घोषणा गरिएको हो । यस गोल्डन ओक १२ औं कृति अवार्डस्मा ३१ वटा विधामा ४५ वटा एजेन्सीहरुले ४२५ वटा नोमिनेसन दर्ता गराएका थिए ।

गोल्डन ओक १२ औं कृति अवार्ड २०७९को मुख्य प्रायोजकमा गोल्डन ओक, पावर बाइमा बाल्ट्रा र डिस होम रहेको छ । त्यसै गरी कार्यक्रमको अन्य प्रायोजकहरुमा बैंकिङ्ग पार्टनरका रुपमा मुक्तिनाथ बिकास बैक लि., ट्राभल पार्टनरमा गुरु ट्राभल्स, सपोर्टेड वाईमा आइ.टि.पि.एफ., प्रभु बैक, सफ्टी हाइजिन, सेल पे, र राष्ट्रिय वाणिज्य बैंक रहेकाछन्  ।

गोल्डन ओक १२ औं कृति अवार्डस २०७९को मूल समारोह होटल सोल्टिमा भाद्र २५ गते शनिवार हुदैछ । कृतिको टप फाइभ नोमिनेसनको कार्यक्रमको प्रायोजन अनलाइन खवर डट कम र हिमालय टिभि एचडिले गरेका थिए । कार्यक्रममा बाहौं कृतिका ट्राभल पार्टनर-गुरु ट्राभल्स र आन बिच सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update