Kath khabar
मिस ग्राण्ड नेपाल २०२२ को उपाधि ऐश्वर्य श्रेष्ठलाई



             काठमाडौं, भदौ २६ । मिस ग्राण्ड नेपाल २०२२ को ताज ऐश्वर्य श्रेष्ठले पहिरिएकी छन् । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपले संयुक्त आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् ।

श्रेष्ठले मिस ग्राण्ड नेपाल २०२२ को ताज साथै नगद रु. ६ लाख रुपैयाँ पुरस्कार पाएकी हुन । नवविजेता श्रेष्ठले इन्डोनेसियाको बालीमा हुने मिस ग्राण्ड इन्टरनेसनलमा नेपालबाट सहभागीता जनाउनेछिन् । प्रतियोगितामा फर्स्ट रनर अप वर्षा भण्डारी र सेकेन्ड रन्नर अप रक्षा उप्रेती भएकी छन ।

मिस ग्राण्ड नेपाल २०२२ को निर्णायक मण्डलमा अभिनेता अनुपविक्रम शाही, र्‍यापर आशिष राना (लाहुरे), मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, समाजसेवी छिरिङ्ग वाङ्डी, सौन्दर्य प्रतियोगिता संघ नेपालका महासचिव निशु झा, मिस ग्रान्ड नेपालका नेशनल डाइरेक्टर सुरेश तामाङ रहेका थिए ।

आयोजकको अनुसार यस वर्ष मिस ग्राण्ड नेपाल २०२२ को प्रमुख विषयवस्तु युद्ध र हिंसा कसरी रोक्न सकिन्छ भन्ने थियो । प्रतियोगीमा सहभागीहरूलाई शृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा र अभिनय सिकाइएको आयोजकले बताए । त्यस्तै प्रतियोगितामा मिस पपुलर तन्नु शाक्य, मिस पर्सनालिटी वर्षा भण्डारी, मिस बेस्ट स्विम सुट वर्षा भण्डारी, मिस कन्फिदेन्स सामना कार्की, मिस फोटोजेनिक स्वस्तिका मगर, मिस कन्जिनलिटी सुदेश्ना महर्जनलाई  उपाधिसमेत दिइएको थियो ।

कार्यक्रम लाजिम्पाट स्थित होटेल शंकरमा आयोजना गरिएको थियो भने शो कोरियोग्राफर सुजित बस्यालले गरेका थिए । कार्यक्रम सन्चालन मिस ग्राण्ड नेपाल २०१८ विजेता उरुशा जोशीले गरेकी हुन । विभिन्न फेशन डिजाइनरहरूले तयार पारेको पहिरनहरूमा सहभागीहरू स्टेजमा उत्रिएका थिए । प्रतियोगिता ३६५ इभेन्ट्स एण्ड मिडियाले व्यवस्थापन गरेको थियो ।  

 

 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update