Kath khabar
गोल्डेन ओक १२औं कृति अवार्डस् सुसम्पन्न

 

               काठमाडौं, भदौ २७ । नेपाली विज्ञापन सिर्जनाको सम्मानार्थ २०६० सालदेखि नेपाल विज्ञापन संघले हरेक वर्ष आयोजना गर्दै आएको कृति अवार्डसको बाह्रौं संस्करण “गोल्डन ओक १२औं कृति अवार्डस २०७९" यहि भाद्र २५ गते शनिवार होटल सोल्टिमा भव्य समारोहका बिच सम्पन्न भयो ।

वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले उद्घाटन गर्नुभएको दिउसो ४ः०० बजे शुरु भई साँझ ७ः३०बजे समापन भएको थियो भने कार्यक्रमलाई नेपाल टेलिभिजन लगायत अधिकांश टिभि च्यानलहरुले प्रत्यक्ष प्रसारण गरेका थिए ।

बाहौं कृति अवार्डसको मुख्य प्रायोजक “गोल्डन ओक, पावर्ड वाई बाल्ट्रा र डिस मिडिया नेटवर्क रहेकाछन् भने इन एसोसियसन विइथमा डावर नेपालका साथै मुक्तिनाथ बिकास बैक बैंकिङ पार्टनर र गुरु ट्राभल्स ट्राभल पार्टनर, सपोर्टेड बाईमा प्रभु बैंक लिमिटेड, आटिपिएफ, सेल पे, सफ्टि हाइजिन,  राष्ट्रिय वाणिज्य बैक ,कृषि विकास वैक लिमिटेड, क्युएफएक्स र हस्पिटालिटी पार्टनर सोल्टी होटल रहेका थिए ।

३१ वटा बिभिन्न विधाको अवार्डस्का लागि ४५वटा एजेन्सीहरूले सहभागीता जनाएकोमा विभिन्न १५ एजेन्सीहरूले ५० वटा पुरस्कार पाएका छन् । पुरस्कार पाउने एजेन्सीहरु मध्ये मेकवेज प्रालिले१९ वटा, बिजनेस एडभान्टेज-५,प्रिज्मार्क मार्केटिङ-५, आउटरिच नेपाल-४, डिजिटलइन-४ अभानी एडभरटाइजिङ-३ एएनएस क्रिएसनले-२र म्याक्स मिडिया, प्रिज्मा एडभरटाइजिङ कन्सर्ट वान, डीएनए टेक्नोलोजी, मार्स प्रा.लि., कि एडभरटाइजिङ, सुश्री मिडिया र ह्याप्पी वर्क्सले १–१ वटा अवार्ड जितेका छन ।

कार्यक्रमको सभापतित्व गर्दै आनका अध्यक्ष सोम प्रसाद धितालले प्रमुख अतिथि र आमन्त्रित सम्पूर्ण अतिथि महानुभावहरूमा धन्यबाद सहित समापन मन्तव्य राख्दै एजेन्सीहरूको उल्लेखनीय सहभागिताको प्रशंसा गर्नु भएको थियो भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले कृति अर्वाडसको प्रशंसा गर्दै यस्ता सिर्जनशील कार्यक्रमले देशको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो ।

नेपाल विज्ञापन संघद्वारा आयोजित उक्त कार्यक्रममा ३१ विधाका उत्कृष्ट विज्ञापनहरूलाई अतिथिबाट अवार्डस् प्रदान गर्नुका साथै खादा-माला पहिराई गरि सम्मान गरिएको थियो । ६०० जना भन्दा बढि प्रत्यक्ष उपस्थित दर्शक बिच गरिएको उक्त समारोहमा मदनकृष्ण श्रेष्ठ, शम्भुजित बास्कोटा, भुवन के.सी, दिपक राज गिरिले लगायत प्रतिष्ठित उद्योगी व्यवसायिहरूले विजयीहरुलाई अवार्डस् प्रदान गर्नुभएको थियो भने कार्यक्रममा इन्दिरा जोशी साथै अन्य कलाकारहरुले आ-आफ्नो नृत्य तथा कला प्रर्दशन गरेका थिए  ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update