Kath khabar
नयाँ पुस्ताको लागि नयाँ फोन, सामसुङले ल्यायो ग्यालेक्सी A04S



         काठमाडौं, असोज ५ । अझै नयाँ सुविधा र विशेषताको साथ सामसुङले ल्याएको छ ग्यालेक्सी ए०४एस जस मार्फत सबैले उत्कृष्ट मोबाइल अनुभव प्राप्त गर्न सक्नेछन् ।

ग्यालेक्सी ए०४एसको साथ अनुभव गर्न सकिने छ फोटोग्राफीको नयाँ युग, सामसुङको ट्रिपल रियर क्यामरा छ जसमा समावेश छ- एउटा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपी को डेप्थ क्यामरा । यसैको साथ आउँछ ५ एमपी सेल्फी क्यामरा जसले दिन्छ सेल्फी फोकस फिचर । यो सब अनुभव गर्नुहोस ग्यालेक्सी ए०४एस ९०एच जेड रिफ्रेस  रेटको साथ ६.५ एच डी एमोलिड डिस्प्लेसँग ।

एक चोटिको चार्जमा पुरा २ दिनसम्म टिक्ने ५०० एमएएच ब्याटरीको साथ, सामसुङले तपाईँलाई आफ्नो सबै जरुरी काम गर्नका लागि पर्याप्त समय दिन्छ चाहे त्यो तपाईंको मनपर्ने शो स्ट्रिमिङ्ग होस् या तपाईंको सोसल मिडिया स्क्रोलिङ्ग । ए०४एस कालो, कपर र हरियो गरी तीन आकर्षक रंगहरूमा उपलब्ध छ । १२८ जीवी र्याम सहितको ४ जीबी र्याम भएको ग्यालेक्सी ए०४एस  को मूल्य रु.२१,९९९/- छ भने ६४ जीबी र्याम संग ४ जीवी र्याम भएको फोनको मूल्य रु.१९,९९९/- रहेको छ ।

ग्यालेक्सी ए०४एस ले ए सिरिज को हरेक मूल्यदरमा गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन र आफ्नो युजरको लागि चाहिने सबै आवश्यक सुविधा र विशेषता सबैको पहुँचमा हुने मूल्यमा दिएर यो सिरिजको प्रवृतिलाई कायम राख्न सक्षम रहेको छ ।


 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update